जनमत पार्टीका केन्द्रीय सदस्य नेपाली कांग्रेस प्रवेश
काठमाडौँ । जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भु साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
जनमत पार्टी नेतृत्वको हैकमवाद, परिवारवाद र अलोकतान्त्रिक विचारका कारण आफू सो पार्टीबाट अलग भएको नेता साहले बताएका छन् । जनमतका अध्यक्ष डा.सीके राउतले गठन गरेको स्वतन्त्र मधेस गठबन्धनका संस्थापकमध्ये एक साह कतारमा रहेर संगठनमा आबद्ध थिए ।
शुक्रबार जनकपुरधामस्थित मिल्स एरियाको निधि निवासमा आयोजित कार्यक्रममा कांग्रेस नेता एवं धनुषा–३ का उम्मेदवार विमलेन्द्र निधिले साहलाई पार्टीमा स्वागत गरेका हुन् ।
केही समयदेखि उनी लगातार नेपाल बसेर जनमतमा सक्रिय भएका थिए, तर पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि उनी असन्तुष्ट थिए । पार्टीका उपाध्यक्ष अब्दुल खाँ, दीपक साह, कोषाध्यक्ष डा.सुरेन्द्रनारायण यादव, प्रवक्ता डा.शरतसिंह यादवलगायत नेतालाई कारबाही गरेर निकालेपछि नेता साहले राउतप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
चुनावमा पनि पार्टीका अध्यक्ष राउतले साहलाई सोधखोज नगरेपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनले भने, ‘मै लामो समयदेखि जनमत पार्टीमा रहेर मधेस र मधेसीको हितमा काम गरेँ, अब कांग्रेसमा रहेर मधेसको लागि काम गर्ने छु ।’
उनले आफ्नो लागि यो नयाँ यात्रा भएको र यसलाई मधेसका लागि सदुपयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण