यो चुनाव सामान्य हारजित होइन, राष्ट्र र स्वाधीनता बचाउने जनमत सङ्ग्रह हो : प्रचण्ड
सारांश
- प्रचण्डले निर्वाचनलाई राष्ट्रिय स्वाधीनता र एकता जोगाउने जनमत सङ्ग्रहको रूपमा व्याख्या गरे।
- उनले देशलाई सङ्कटमा धकेल्ने शक्तिलाई परास्त गर्न र राष्ट्रिय एकताका लागि मतदातालाई आह्वान गरे।
- प्रचण्डले कपिलवस्तु जिल्लाको ऐतिहासिक र राजनीतिक महत्वबारे चर्चा गर्दै यहाँका बासिन्दालाई सही निर्णय लिन आग्रह गरे।
कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनलाई सामान्य हारजितको प्रक्रिया मात्र नभई राष्ट्रको स्वाधीनता र एकता बचाउने जनमत सङ्ग्रहको रूपमा व्याख्या गरेका छन् ।
कपिलवस्तुको कृष्णनगरमा आयोजित क्षेत्र नम्बर ३ को चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशलाई सङ्कटमा धकेल्ने शक्तिहरूलाई परास्त गर्न र राष्ट्रिय एकताको पक्षमा उभिन आम मतदातासँग अपिल गरेका हुन् ।
सम्बोधनका क्रममा प्रचण्डले भदौ २६ गते राति आफू र माधवकुमार नेपाल राष्ट्रपति भवनमा रातभर बसेर अन्तरिम सरकार बनाउने र ६ महिनाभित्र निर्वाचन गराउने समझदारी गरेपछि मात्रै राजनीतिले निकास पाएको दाबी गरे । सुरुमा निर्वाचनबाहेक अर्को लोकतान्त्रिक विकल्प नभएको अवस्थाबाट गुज्रिएको देश अहिले अनेकौँ उतार चढावका बाबजुद सिङ्गै निर्वाचनमा होमिनु खुसी र गर्वको विषय भएको उनको भनाइ थियो ।
यो निर्वाचन केवल एक उम्मेदवारलाई जिताउने र अर्कोलाई हराउने परम्परागत खेल मात्र नभएको उनले जिकिर गरे । प्रचण्डले राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने र राष्ट्रलाई सङ्कटमा धकेल्न खोज्ने शक्तिहरूबिचको प्रतिस्पर्धाका रूपमा यो चुनावलाई चित्रण गरे ।
एकातिर आन्दोलनरत जेनजीहरूको हत्या गर्ने प्रवृत्ति र अर्कोतिर सिंहदरबारदेखि देशका धरोहरहरू जलाउने प्रवृत्ति चुनावमा विभिन्न बहाना र तर्कसहित प्रतिस्पर्धामा आएको भन्दै उनले त्यस्ता अतिवादी शक्तिहरूबाट सचेत रहन जनतालाई आग्रह गरे ।
राष्ट्रको स्वाधीनता रक्षा गर्ने, राष्ट्रिय एकता कायम राख्ने र जनताको आत्मनिर्णयको अधिकारलाई सुरक्षित गर्ने शक्तिलाई मतदान गर्ने कि अरूलाई भन्ने अहम् प्रश्न अहिले जनताको अगाडि रहेको उनले प्रस्ट पारे ।
कपिलवस्तु जिल्लाको ऐतिहासिक र राजनीतिक महत्त्वको चर्चा गर्दै प्रचण्डले नेपालको राजनीतिक आन्दोलन, उत्पादन र सङ्घर्षमा यस जिल्लाको विशिष्ट पहिचान रहेको बताए । कृषि, उद्योग र व्यवसाय हरेक क्षेत्रमा कपिलवस्तुले इतिहासका विभिन्न कालखण्डमा आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाउँदै आएको उनको भनाइ थियो । राष्ट्रिय सङ्कटको यो घडीमा कपिलवस्तुवासीले सही निर्णय लिनेमा आफू विश्वस्त रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण