थलापति विजयको वैवाहिक सम्बन्धमा दरार : श्रीमतीले हालिन् सम्बन्धविच्छेदको मुद्दा
सारांश
- अभिनेता थलापति विजय र संगीता सोर्नालिंगमको २५ वर्ष लामो वैवाहिक जीवन सम्बन्धविच्छेदको प्रक्रियामा पुगेको छ।
- संगीताले विजयमाथि अन्य महिलासँगको अवैध सम्बन्धको आरोप लगाएकी छिन्, जसका कारण उनीहरु सँगै बस्न नसक्ने अवस्था आएको छ।
- विजयको राजनीतिक करियर र अन्तिम चलचित्र पनि विवादमा परेको छ, जसले गर्दा उनको भविष्य अन्योलपूर्ण बनेको छ।
हैदराबाद । दक्षिण भारतीय चलचित्रका सुपरस्टार तथा तमिलागा वेट्री काझागम (टीभीके) पार्टीका अध्यक्ष थलापति विजयको २५ वर्ष लामो वैवाहिक जीवन संकटमा परेको छ। विजयकी श्रीमती संगीता सोर्नालिंगमले चेन्नईको चेंगलपट्टु फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दायर गरेकी छन्।
संगीताले अदालतमा दायर गरेको निवेदनमा विजयमाथि गम्भीर आरोप लगाएकी छन्। इन्डिया टुडेको रिपोर्टअनुसार उनले विजयको अन्य महिला र अधिकारीहरूसँगको अवैध सम्बन्धका कारण आफ्नो वैवाहिक जीवन बर्बाद भएको दाबी गरेकी छन्।
विजयको धोका सहन नसक्ने भन्दै उनले अब सँगै बस्न नसकिने उल्लेख गरेकी छन्। यसअघि सधैँ सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिने यो जोडीको सम्बन्ध यसरी अदालतसम्म पुग्ला भन्ने धेरैले अनुमान गरेका थिएनन्। अदालतले यसलाई प्रक्रियामा रहेको मुद्दाको रूपमा दर्ता गरेको छ र अब दुवै पक्षको बहस सुनेर अगाडि बढ्ने बताएको छ।
विजय र संगीताको प्रेम कहानी कुनै चलचित्रको कथाभन्दा कम थिएन। सन् १९९० को दशकको अन्त्यतिर बेलायतमा बस्ने संगीता विजयको ठुलो फ्यान थिइन्। उनी विजयलाई भेट्नकै लागि चेन्नई पुगेर सुटिङ सेटमा पुगेकी थिइन्।
उनीहरूको पहिलो भेटमै विजय संगीताको सादगीबाट प्रभावित भएका थिए। बिस्तारै सुरु भएको उनीहरूको मित्रता प्रेममा बदलियो र दुवै परिवारको सहमतिमा सन् १९९९ अगस्ट २५ मा उनीहरूले विवाह गरे। उनीहरूका दुई सन्तान छोरा जेसन संजय र छोरी दिव्या साशा छन्।
सिनेमा र व्यक्तिगत जीवन मात्र होइन, विजयको राजनीतिक करिअर र अन्तिम चलचित्र पनि अहिले विवाद र अन्योलको घेरामा परेको छ। ३३ वर्ष लामो फिल्मी यात्रापछि विजयले सन् २०२६ जनवरी ३० मा अभिनयबाट संन्यास लिएर पूर्णकालीन राजनीतिमा लाग्ने घोषणा गरेका थिए।
उनको अन्तिम चलचित्र जन नायकन सन् २०२६ जनवरी ९ मा रिलिज हुने तय भए पनि सेन्सर बोर्डको झमेलाका कारण अझै प्रदर्शन हुन सकेको छैन। सेन्सर बोर्डले सर्टिफिकेट दिन अस्वीकार गरेपछि यो मामला अहिले मद्रास उच्च अदालतसम्म पुगेको छ। फिल्मको रिभाइजिङ कमिटीले समीक्षा गर्न बाँकी रहेकाले रिलिज मिति अझै अनिश्चित छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण