मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
इरान–इजरायल युद्ध

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

शनिबार, १६ फागुन २०८२, २० : ३७
शनिबार, १६ फागुन २०८२

तेहरान । इजरायलद्वारा गरिएको आक्रमणमा इरानका रक्षा मन्त्री अमिर नासिरजादेह र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर मोहम्मद पकपुर मारिएको दाबी गरिएको छ । 

इजरायली सैन्य अभियानबारे जानकारी राख्ने दुई स्रोत र एक क्षेत्रीय स्रोतलाई उद्धृत गर्दै उनीहरू आक्रमणमा मारिएको विश्वास गरिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचर छापेको छ ।

यद्यपि इरान सरकार वा स्वतन्त्र स्रोतबाट यसबारे औपचारिक पुष्टि भएको छैन । क्षेत्रीय तनाव तीव्र भइरहेका बेला आएका यी दाबीहरूले अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ ।

घटनाबारे थप विवरण आउने क्रम जारी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप