इरानमाथि अमेरिका–इजरायली आक्रमणः विश्वका शक्तिशाली नेताहरूले के भने ?
सारांश
- इरानमाथि अमेरिका र इजरायलले गरेको हवाई आक्रमणलाई लिएर विश्वभरका नेताहरूले प्रतिक्रिया जनाएका छन्।
- रूसले आक्रमणको निन्दा गर्दै यसलाई अविचारी कदम र पूर्वनिर्धारित सशस्त्र आक्रमण भनेको छ।
- युक्रेन, फिनल्याण्ड, आयरल्याण्ड र अल्बानियाका नेताहरूले घटनाप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन आग्रह गरेका छन्।
तेहरान । इरानमाथि अमेरिका र इजरायलले गरेका हवाई आक्रमणलाई लिएर विश्वभरका नेताहरूले प्रतिक्रिया दिइरहेका छन् ।
केही नेताहरूले आजको घटनाले क्षेत्रीय अस्थिरता बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन् । घटनाप्रति रूसले कडा आपत्ति जनाएको छ । रूसको परराष्ट्र मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा यी आक्रमणलाई अविचारी कदम र पूर्वनिर्धारित, जानाजानी र अकारण सशस्त्र आक्रमण भएको बताएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘अमेरिकाले निर्णायक रूपमा काम गर्नु महत्त्वपूर्ण छ । जब जब अमेरिकी दृढ संकल्प हुन्छ, विश्वव्यापी अपराधीहरू कमजोर हुन्छन् । रूसको मामिलामा पनि यस्तै बुझाई आउनुपर्छ ।’ अन्तमा, मध्यपूर्व क्षेत्र सुरक्षित र स्थिर हुनेछ अपेक्षा गरेका छन् ।
त्यसैगरी, फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले भने, ‘मध्यपूर्वका हालका घटनाहरू गहिरो रूपमा चिन्ताजनक छन् । क्षेत्रको आणविक सुरक्षा र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु सबैको लागि अत्यन्त महत्त्वपूर्ण भएकोमा उनले जोड दिएका छन् । 'फिनल्याण्डले क्षेत्रीय द्वन्द्व बढाउने सबै गतिविधिको निन्दा गर्दछ,' उसले भनेको छ । साथै उच्च संयम अपनाउन आग्रह पनि गरेको छ ।
आयरल्याण्डका ताओइसेच माइकल मार्टिनले पनि घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र द्वन्द्व फैलिन नदिने प्रयास गर्न आग्रह गरेका छन् । ‘इरानमाथि हवाई आक्रमणले युक्रेन हुँदै हंगेरीमा रसियन कच्चा तेल आपूर्ति गर्ने फ्रेन्डशिप पाइपलाइनको महत्त्व दोब्बर बनाएको छ,’ हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले भनेका छन् ।
अल्बानियाका प्रधानमन्त्री एदी रामाले आफ्नो देश इजरायलसँग दृढ समर्थनमा भएको अनि अमेरिकाको कदमलाई समर्थन गर्ने बताएका छन् । तेहरानका हत्याराहरूलाई आणविक वा अन्य सैन्य क्षमता हासिल गर्नबाट रोक्न सबै निर्णायक प्रयासलाई पूर्ण समर्थन गर्ने पनि उनले भनेका छन् ।
फ्रान्स, जर्मनी र बेलायत पनि अमेरिकी, इजरायली र क्षेत्रीय साझेदारहरूसँग नजिक समन्वयमा रहेको जनाएको छ । यिनीहरू सबैले इरानको प्रतिआक्रमणलाई पनि निन्दा गर्दै क्षेत्रीय स्थिरता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण