तस्बिरमा हेर्नुहोस् नेपालमा पाइने सबैभन्दा ठुलो जङ्गली गाई प्रजाति 'गौर'
सारांश
- गौर, एसियाटिक बाइसनको रूपमा चिनिने, नेपालमा पाइने सबैभन्दा ठूलो जंगली गाई प्रजाति हो।
- नेपालमा लगभग ५०० गौर पाइन्छन्, मुख्यतया चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा, र यसलाई संकटग्रस्त प्रजातिको रूपमा सूचीकृत गरिएको छ।
- गौरको संरक्षण बाघ जस्ता शीर्ष शिकारीको दीर्घकालीन अस्तित्वका लागि महत्त्वपूर्ण छ, किनकि यो बाघको मुख्य आहार हो।
काठमाडौँ । गौर, जसलाई एसियाटिक बाइसन पनि भनिन्छ। यो नेपालमा पाइने सबैभन्दा ठुलो जङ्गली गाई–वंशको प्रजाति हो । नेपालमा करिब ५०० जति गौर पाइन्छन्, जसमध्ये अधिकांश चितवन र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रित छन् । पूर्वी नेपालको त्रियुगा वन क्षेत्रबाट पनि थोरै सङ्ख्यामा यसको अभिलेख गरिएको छ।
गौर बोविडे परिवार अन्तर्गत पर्ने सबैभन्दा ठुलो जङ्गली जनावर हो । बलियो शरीर, गाढा रङ्गको छाला र सेता मोजा जस्ता खुट्टा यसको प्रमुख पहिचान हुन् । यी प्रायः ठुलो समूहमा बस्छन् र यिनीहरूले चुरे क्षेत्रका वन, घाँसे मैदान तथा नदी किनारका भूभागलाई रुचाउँछन् ।
गौरबाट उत्पत्ति भएको घरेलु रूपलाई मिथुन भनिन्छ, जसको पालन भारत र बङ्गलादेशमा व्यापक रूपमा गरिन्छ । नेपालका केही स्थानमा पनि यस्तो अभ्यास देखिएको छ।
_zDgMjzlVjO.jpg)
विश्वभर गौरको कुल सङ्ख्या करिब २१,००० मात्र रहेको अनुमान छ। यसको मुख्य बसोबास क्षेत्र — विशेष गरी चुरे परिक्षेत्र — अत्यन्त कठिन र चुनौतीपूर्ण छ । सुख्खा भू–आकृति, बाक्लो वन, अग्ला घाँस र सुख्खा नदीका बगरहरूले यिनीहरूको वातावरणलाई कठोर बनाएका छन्, जसका कारण यसको संरक्षण अत्यन्त आवश्यक बनेको छ।
गौर प्रायः मानिसको नजरबाट टाढा बस्न खोज्छन् त्यसैले यिनीहरूलाई देख्न निकै दुर्लभ हुन्छ । अग्लो घाँस र बाक्लो वनभित्र लुकेर बस्ने स्वभावका कारण यसलाई अवलोकन गर्नु कठिन हुन्छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ले गौरलाई संकटउन्मुख श्रेणीमा सूचीकृत गरेको छ, जसले भविष्यमा यसको अस्तित्व जोखिममा पर्न सक्ने संकेत गर्छ।
_X5g9PMCZiq.jpg)
पारिस्थितिक दृष्टिले गौर अत्यन्त महत्त्वपूर्ण प्रजाति हो, किनकि यो बाघको प्रमुख आहारमध्ये एक हो। जहाँ बाघ र गौर दुवै सँगै बस्छन्, त्यहाँका बाघहरू पनि सामान्यतया ठुलो र शक्तिशाली हुन्छन्, किनकि गौर निकै ठुलो र मांसल जनावर हो र त्यसलाई सिकार गर्न बलियो सिकारी आवश्यक पर्छ।
यसैले गौरको संरक्षण भनेको केवल एक प्रजातिको सुरक्षा मात्र होइन, बाघ जस्ता शीर्ष सिकारीको दीर्घकालीन अस्तित्वसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषय हो। स्वस्थ गौर जनसंख्या भएको क्षेत्रमा बाघको स्थिर उपस्थितिको सम्भावना पनि उच्च हुन्छ।
_S0THJYJfBY.jpg)
एसियाटिक बाइसन अर्थात् गौर केवल भारतीय उपमहाद्वीपमा मात्र पाइन्छ, जबकि अमेरिकन बाइसन र युरोपियन बाइसन विश्वका अन्य भागहरूमा पाइने भिन्न प्रजातिहरू हुन्। गौरको उपस्थितिले स्वस्थ वन पारिस्थितिक प्रणालीको संकेत गर्छ । तस्बिर: दृष्टान्त बिडारीर नेपाल फोटो लाइब्रेरी _VaegOodevG.jpg)
_aJeZI0S7BF.jpg)
_bMQgT5Kagp.jpg)
_R5A3plOqMJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
-
युक्रेन–रुसबिच फेरि आक्रमण
-
कृषिमा लगानी गर्दैमा स्वतः ‘ग्रीन’ हुँदैन, नीतिगत स्पष्टता आवश्यक : कार्यकारी निर्देशक पौडेल
-
बजेटमा उद्योग वाणिज्य महासङ्घको असन्तुष्टि : ‘करको भार घटेन, नीतिगत अस्थिरताको त्रास
-
मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छ : डा. सीके राउत
-
एआईको बढ्दो प्रयोगले विश्वव्यापी रूपमा ऊर्जा र पानीको चरम सङ्कट निम्त्याउन सक्छ : उपाध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण