निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार छ : मन्त्री इङ्नाम
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् ।
प्रेस काउन्सिलले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री इङ्नामले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकाले फागुन २१ गते निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न सरकार तयार रहेको बताएका हुन् ।
उनले निर्वाचनको व्यवस्थापन, सुरक्षा लगायतका विषयमा कुनै कमी हुन नदिने स्पष्ट पारे । केहि क्षेत्रहरूमा उम्मेदवार जसरी पनि जित्नुपर्ने मानसिकतामा रहे पनि यसमा सरकारलाई कुनै सरोकार नरहेको उनले बताए ।
उनले सरकारको काम मतदाताहरूलाई सुरक्षित तवरले मतदान केन्द्रसम्म उपस्थित हुने वातावरण बनाउनु र निष्पक्ष ढङ्गबाट मतदान गर्न सक्ने अवस्था सिर्जना गर्नु मात्रै सरकारको सरोकार भएको धारणा राखे । मन्त्री इङ्नामले मौन अवधिको दुरुपयोग रोक्न समेत सरकार क्रियाशील भएर लाग्ने स्पष्ट पारे ।
उनले मतदातालाई अवाञ्छित ढङ्गबाट प्रभावित पार्ने कुनै पनि किसिमको काम हुनबाट रोक्न राजनीतिक दल र उम्मेदवार समेत जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण