जिम्बाब्वेद्वारा १ सय ५४ रनको लक्ष्य प्रस्तुत
आइतबार, १७ फागुन २०८२, १७ : ०९
सारांश
- सुपर ८ को खेलमा जिम्बाब्वेले दक्षिण अफ्रिकालाई १ सय ५४ रनको लक्ष्य दियो।
- टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ७ विकेट गुमाएर १ सय ५३ रन बनायो।
- सिकन्दरा रजाले ७३ रन बनाए भने क्लाइभ मदान्डेले २६ रन जोडे।
नयाँ दिल्ली । सुपर ८ अन्तर्गतको आफ्नो अन्तिम खेलमा जिम्बाब्वेले दक्षिण अफ्रिकामाथि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको हो ।
दिल्लीको अरुण जेट्ली रंगशालामा जारी खेलमा कप्तान सिकन्दरा रजाले सर्वाधिक ७३ रन बनाए । उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।
क्लाइभ मदान्डेले २० बलमा २६ रन जोडे । ब्रायन बेनेट १५ रन बनाएर पभेलियन फर्किए । दक्षिण अफ्रिकाका लागि कोर्बिन बोस्च र क्वेना एम्फाकाले २–२ विकेट हात पारे भने जर्ज लिन्डे, लुंगी एनगिडी र एनरिच नोर्टजेले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण