इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे ध्यानाकर्षण
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानमाथि भएको आक्रमणको विरोध गरेको छ।
- पार्टीले इरानको सार्वभौमिकता र नेपालीहरूको सुरक्षाको लागि सरकारसँग माग गरेको छ।
- इरानमाथि भएको आक्रमणले मध्यपूर्वमा रहेका १९ लाख नेपालीको जीवन जोखिममा पारेको छ।
काठमाडाैँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानमाथि अमेरिकी र इजरायली सरकारले संयुक्त रुपमा श्रृङखलाबद्ध क्षेप्यास्त्र आक्रमण गरी युद्ध थोपरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।
आइतबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे हाे।
'यसबाट पार्टीले संश्लेषण गरे उत्पीडित राष्ट्र र साम्राज्यवादकाबिचको अन्तर्विरोध नै वर्तमान विश्वको प्रधान अन्तर्विरोध रहेको कुरा पुष्टि भएको छ। अमेरिकी साम्राज्यवादले आफ्नो अनुकूलको शासनसत्ता स्थापित गर्न उत्पीडित राष्ट्रका जनतालाई जल्दोबल्दो मुद्दामा उक्साएर विद्रोह गर्न लगाउने, शासक वर्गमाथिको कूटनीतिक दवावले आफ्नो स्वार्थ सिद्धगर्न नसक्ने स्थितिमा सरकारको नेतृत्व अपहरण गर्ने, सरकार अपदस्त गर्ने र त्यसले पनि नपुगे प्रत्यक्ष सैन्य आक्रमण गरी कठपुतली सरकार खडा गर्ने नवऔपनिवेशिक नीति लिएको छ । यो अमेरिकी साम्राज्यवादको विश्वव्यापी दादागिरीको पराकाष्ठा हो।'
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दादागिरी र विश्वभरिका जनतामाथि थोपरिएको आतङ्कको तीव्र विरोध गर्दै इरानको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनताको पक्षमा सङ्घर्षरत इरानी जनतासँग ऐक्यवद्धता जाहेर गरेकाे छ।
इरानले अमेरिकी तथा इजरायली आक्रमणको प्रतिरोध गर्ने प्रक्रियामा अमेरिकी सैन्य शिविरहरुमाथि प्रहार गर्दा मध्यपूर्वमा मजदुरी गर्न गएका १९ लाख भन्दा बढी नेपालीहरुको जीवन खतरामा परेकोमा पार्टीलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
नेपालीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न पार्टीले सरकारसँग विशेष माग समेत गरेकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण