तेहरानस्थित मुख्यालयमा आक्रमण, वरिष्ठ गुप्तचर अधिकारीहरू मारिएको दाबी
सोमबार, १८ फागुन २०८२, १६ : १७
सारांश
- आईडीएफले इरानका वरिष्ठ गुप्तचर अधिकारीहरू मारिएको दाबी गरेको छ।
- इजरायली सेनाले इरानको गुप्तचर मन्त्रालयको मुख्यालयमा आक्रमण गरेको जनाएको छ।
- आईडीएफका अनुसार इजरायल मामिला हेर्ने इरानी उपमन्त्री र अन्य अधिकारीहरू मारिए।
काठमाडौँ । इजरायली रक्षा बल (आईडीएफ) ले इरानका वरिष्ठ गुप्तचर अधिकारीहरू हमलामा मारिएको दाबी गरेको छ। साथै इरानको राजधानी तेहरानस्थित गुप्तचर मन्त्रालयको मुख्यालयमा पनि आक्रमण गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
आईडीएफले जारी गरेको नयाँ विज्ञप्तिमा इजरायल मामिला हेर्ने इरानी गुप्तचर उपमन्त्री सैयद याह्या हमिदी मारिएको उल्लेख छ। यसैगरी, गुप्तचर मन्त्रालयको जासुसी विभागका प्रमुख जलाल पोर हुसेन र अन्य केही इरानी सत्ताका अधिकारीहरू पनि मारिएको इजरायली सेनाले जनाएको छ।
यद्यपि, ती वरिष्ठ अधिकारीहरूलाई कहिले, कहाँ र कुन तरिकाले मारियो भन्नेबारे आईडीएफले विस्तृत जानकारी दिएको छैन।
यसका साथै, इजरायली सेनाले केही समयअघि मात्र तेहरानस्थित इरानको गुप्तचर मन्त्रालयको मुख्यालयमा लक्षित गर्दै आक्रमण गरिएको पनि विज्ञप्तिमार्फत दाबी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण