बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र
बागलुङ । बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८ अस्थायी मतदाता रहेका छन्।
निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी कैदीबन्दीसहित उक्त सङ्ख्यामा अस्थायी मतदाता रहेका हुन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख यज्ञप्रसाद रिजालका अनुसार जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
कैदीबन्दी मतदाताका लागि जिल्ला कारागार र सुरक्षाकर्मी तथा ड्युटीमा रहेका कर्मचारीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा मतादन केन्द्र तोकिएको प्रमुख रिजालको भनाइ छ । रिजालका अनुसार ५३ जना कैदीबन्दी र दुई हजार ३१५ जना सुरक्षाकर्मी र कर्मचारी रहेका छन्।
दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार छन्। कूल एक लाख ९३ हजार ३८१ मतदाता रहेको बागलुङमा ९८ हजार ५७४ महिला, ९८ हजार ५०६ पुरुष र एक जना अन्य मतदाता रहेका छन्।
जिल्लामा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा कूल दुई हजार ६० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको भाडा नतिर्ने पोखराका २१ उद्योगको विद्युत् लाइन काटियो
-
विश्वकप २०२६: गोल्डेन बुटको दौडमा मेसी र डेभिड शीर्ष स्थानमा
-
डिजिटल बैंकिङमा फड्को: १० बैंकमार्फत १७ अर्बभन्दा बढी ‘फोनलोन’ प्रवाह
-
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण