शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : आज मध्यरातदेखि मौन अवधि सुरु हुँदै, राष्ट्रपति र प्रधानमन्त्रीले गरे अपिल

सोमबार, १८ फागुन २०८२, २२ : ००
सोमबार, १८ फागुन २०८२

आज २०८२ फागुन १८ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा आज मध्यरातदेखि मौन अवधि सुरु हुँदै, राष्ट्रपति र प्रधानमन्त्रीले गरे अपिल, काठमाडौँ उपत्यका लगायत पहाडी जिल्लामा मनाइयो होली, इरानी आक्रमणमा परेर युएईमा ज्यान गुमाउने नेपालीको सनाखत, मतदान अधिकृत र सुरक्षाकर्मी सवारी गाडी दुर्घटना, बालेन, ओली, प्रचण्ड र गगनले आफैँलाई भोट हाल्न पाउने छैनन् लगायत छन् ।

१. आज मध्यरातदेखि मौन अवधि सुरु हुँदै
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाइने छैन । 

२. राष्ट्रपति र प्रधानमन्त्रीले गरे अपिल
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले मतदानमा उत्साहका साथ सहभागी हुन अपिल गरेका छन् । दुवैले सोमबार विशेष सम्बोधनमार्फत यस्तो अपिल गरेका हुन् ।

३. चुनावी चर्चा
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दलहरू तथा उम्मेदवारहरूले प्रचार–प्रसारको काम सकेका छन् । रातोपाटीले विभिन्न निर्वाचन क्षेत्र केन्द्रित रहेर चुनाव सम्बन्धी रिपोर्टिङ गर्दै आएकोमा सोमबार पनि केही निर्वाचन क्षेत्रसँग सम्बन्धित समाचार स्टोरी प्रकाशित गरिएको छ । 

४. काठमाडौँ उपत्यका लगायत पहाडी जिल्लामा मनाइयो होली
रङहरूको पर्व भनेर चिनिने फागु पूर्णिमा (होली) सोमबार काठमाडौँ उपत्यका लगायत पहाडी जिल्लामा मनाइएको छ । 

५. इरानी आक्रमणमा परेर युएईमा ज्यान गुमाउने नेपालीको सनाखत
इरानले गरेको आक्रमणमा परेर युएईमा ज्यान गुमाउने नेपाली नागरिकको सनाखत भएको छ । मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको जनाइएको छ ।

६. मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना
रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मुस्ताङमा पनि मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ ।

७. बालेन, ओली, प्रचण्ड र गगनले आफैँलाई भोट हाल्न पाउने छैनन् 
आफू मतदाता रहेको क्षेत्रभन्दा बाहिर उम्मेदवारी दिएका कारण बालेन शाह, केपी शर्मा ओली, प्रचण्ड, गगन थापासहित दुई दर्जन उम्मेदवारले यो चुनावमा आफैँलाई भोट हाल्न पाउने छैनन् ।

८. त्रिभुवन विमानस्थलबाट ३१ अन्तर्राष्ट्रिय उडान रद्द
त्रिभुवन विमानस्थलबाट सोमबार ३१ अन्तर्राष्ट्रिय उडान रद्द भएको छ । मध्यपूर्वमा युद्ध जारी रहेका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गर्दा उडान प्रभावित भएका हुन् ।

९. दुर्गा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराए
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन् । आफूलाई पक्राउ गरिएपछि उनले अधिवक्त सुरेश बोहरामार्फत बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका हुन् ।  

१०. फिल्मको छायाङ्कन धमाधम रोकिए
प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै फिल्म छायाङ्कनको काम धमाधम रोकिएका छन् । छायाङ्कनमा रहेका आधा दर्जनभन्दा बढी फिल्मले सुटिङ रोकेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप