बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पर्व

तस्बिरमा हेर्नुहोस् वसन्तपुरमा होलीको उल्लास

सोमबार, १८ फागुन २०८२, १३ : २०
सोमबार, १८ फागुन २०८२

सारांश

  • आज पहाडी तथा हिमाली जिल्लाहरूमा रङ र अबिर दलेर होली मनाइँदैछ, जसले मेलमिलाप र सद्भावको सन्देश दिन्छ।
  • होली पर्वको सांस्कृतिक र धार्मिक पक्ष रोचक छ, जहाँ भक्त प्रह्लादलाई मार्न खोज्दा होलिका आफैं भष्म भएकी थिइन्।
  • यस वर्ष पनि सडक र चोकहरूमा रङ खेल्नेहरूको चहलपहल देखिएको छ, तर प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

काठमाडौँ । रङहरूको पर्व फागुपूर्णिमा अर्थात् होली आज नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा एकापसमा रङ र अबिर दलेर उत्साहपूर्वक मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आउने यो पर्वलाई आपसी मेलमिलाप, सद्भाव र खुसी साटासाट गर्ने महत्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो प्राचीन पर्वले समाजमा भ्रातृत्वको सन्देश प्रवाह गर्दै आएको छ।

holi (1)

होली पर्वको सांस्कृतिक र धार्मिक पक्ष निकै रोचक छ। त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले भगवान् विष्णुका परम भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्नका लागि विभिन्न प्रपञ्च रचेका थिए। सोही क्रममा ब्रह्माबाट आगोले डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी थिइन्। तर, भक्त प्रह्लादलाई आगोले केही गर्न सकेन। शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक होलिकाको अन्त्य भएको सोही दिनको सम्झनामा होली खेल्ने परम्परा सुरु भएको जनविश्वास छ।

holi (2)

यस पर्वले असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय हुने शाश्वत सन्देश दिन्छ। विशेषगरी युवापुस्तामा लोकप्रिय रहेको यो पर्वमा पछिल्लो समय उल्लास बढ्दो छ। काठमाडौँको वसन्तपुरमा ठड्याइएको चीर विसर्जन गरेपछि होली पर्व विधिवत् रूपमा समापन हुने गर्दछ। आज पहाडमा होली मनाइए पनि तराईका जिल्लाहरूमा भने पूर्णिमाको भोलिपल्ट अर्थात् भोलि मङ्गलबार मात्र यो पर्व मनाउने चलन छ।

holi (3)

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि सडक र चोकहरूमा समूह-समूहमा मिलेर गीत गाउने र रङ खेल्नेहरूको चहलपहल देखिएको छ। प्रशासनले पर्वलाई मर्यादित बनाउन र उच्छृङ्खल गतिविधि रोक्न सुरक्षा व्यवस्था कडा पारेको छ। इच्छाविपरीत रङ दल्ने, लोला हान्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई प्रहरीले विशेष निगरानीमा राखेको छ।

holi (4)holi (5)holi (6)holi (7)holi (8)holi (9)holi (10)holi (11)holi (12)holi (13)holi (14)holi (15)holi (16)holi (17)holi (18)

holi (1)holi (2)holi (3)holi (4)holi (5)holi (6)holi (7)holi (8)holi (9)holi (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप