राजनीतिमा पुस्तान्तरण र कुशासन अन्त्यका लागि 'आँखा' चिह्नमा मतदान गर्न प्रलोपाको अपिल
दाङ । बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलाेपा) लुम्बिनी प्रदेश समितिले आफ्नो चुनाव चिन्ह ’आँखा’मा मतदान गर्न आम मतदातालाई हार्दिक अपिल गरेको छ ।
पार्टीले वर्तमान विषम परिस्थितिमा हुन लागेको यस निर्वाचनलाई नेपाली राजनीतिमा पुस्तान्तरणलाई संस्थागत गर्ने र कुशासन अन्त्य गर्ने ऐतिहासिक अवसरको रूपमा लिन मतदातालाई आग्रह गरेको छ ।
सोमबार एक अपिल जारी गर्दै पार्टीको लुम्बिनी प्रदेश इन्चार्ज नारायणी शर्मा ’प्रतीक्षा’ले ८५ वर्ष लामो लोकतान्त्रिक आन्दोलनको बलिदान, १० वर्षे महान जनयुद्ध र पछिल्लो ’जेन्जी’ आन्दोलनको मर्मलाई सम्बोधन गर्न आफ्नो पार्टी निर्माण भएको बताएकी छन् ।
जारी अपिलमा नेपाली राजनीतिमा झाँगिएको कुशासन, दलतन्त्र, नेतातन्त्र, परिवारवाद र अपारदर्शिताको अन्त्य गर्नु पार्टीको मुख्य लक्ष्य रहेको उल्लेख छ। राजनीतिकका यी अन्तरविरोध हल गर्दै देशमा स्पष्ट लक्ष्यसहितको बलियो ’वाम–लोकतान्त्रिक शक्ति’ निर्माण गर्नुपर्नेमा पार्टीले जोड दिएको छ ।
इन्चार्ज शर्माले प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार भएका स्थानमा र देशभरिबाट समानुपातिकतर्फ आफ्नो चुनाव चिन्ह ’आँखा’मा भोट हाल्न सम्पूर्ण मतदाता महानुभावहरूमा अनुरोध गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण