रामेछापमा मतदान अधिकृत बोकेको गाडी दुर्घटना
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ ।
सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोल भट्टले जानकारी दिए ।
मन्थलीबाट रामेछाप नगरपालिका वडा नम्बर २ र ३ को मतदानस्थलका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर गएकाे गाडी देउराली सिरुवारीको भिरमा खसेको प्रारम्भिक जानकारी आएको उनले बताए ।
उनका अनुसार निर्वाचनका लागि देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित प्रहरीको टोली लिएर गाडी रामेछापतर्फ जाँदै गर्दा दुर्घटना भएको खबर आएको उनकाे भनाइ छ । उनले भने,‘ उद्धारको लागि प्रहरीको टोली अहिले घटनास्थलतर्फ गइरहेकाले थप विवरण आउन बाँकी रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण