‘उम्मेदवारलाई प्रश्नको प्रहार चाहिँ राम्रै गरिरहेका छन् मतदाता’
सारांश
- निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू मतदातालाई रिझाउन अन्तिम कसरतमा लागेका छन्।
- रातोपाटीको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा स्थलगत रिपोर्टिङ गरेको छ, जसमा मतदाताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको छ।
- सर्वेक्षणमा अधिकांश मतदाताले मतदान गर्ने निर्णय गरिसकेका छन्, तर केही अझै अनिर्णीत छन्।
काठमाडौं । फागुन २१ को मिति नजिकिँदै जाँदा उम्मेदवारहरू मतदाता रिझाउने अन्तिम कसरतमा छन् । रातोपाटीको टिम चुनावी ग्राउन्ड जिरो अन्तर्गत देशका विभिन्न निर्वाचन क्षेत्रको स्थलगत रिपोर्टिङ गरेर काठमाडौं फर्किएको छ । एउटा टिम कोशी र मधेस प्रदेश पुगेको थियो भने अर्को टिम बागमती र गण्डकीमा पुगेको थियो । अनि अर्को टिम लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पुग्यो ।
खासगरी हट सिट मानिएका निर्वाचन क्षेत्रहरूमा पुगेर त्यहाँका मतदाताको मनोविज्ञान, माहोल, माग र एजेन्डाका विषयमा सर्भे गर्ने समेत प्रयास गरिएको छ । उम्मेदवारहरूसँग भेटेर उनीहरूका धारणा पनि लिइएको छ । कसलाई मत हाल्ने भन्नेमा लगभग धेरै मतदाता निर्णयमा पुगिसकेका देखिए भने केही अनिर्णीत पनि देखिन्छन् । यसपटक खासगरी उम्मेदवारहरूलाई प्रश्न गर्न चाहिँ उनीहरू पछि परेनन् ।
‘रातोपाटी इलेक्सन फिभर’मा स्थलगत रिपोर्टिङ गरेर आएका सहकर्मीहरू शंकर अर्याल र अमृत चिमरियाले के देखे ? त्यसबारेमा छलफल गरिएको छ । भिडियोमा हेर्न-सुन्न सकिन्छ ।
भिडियो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण