रामेछाप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु, घाइते ७ जनालाई काठमाडाैँ ल्याइयो
सारांश
- रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
- गाडी मतपत्र लिएर मतदान स्थलतर्फ जाँदै गर्दा मोड नपुगेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
काठमाडौँ । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे छन् ।
सोमबार रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो ।
सडकमा मोड नपुगेर गाडी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोली र सशस्त्रको विपद् उद्धार बेस खुर्कोटको टोलीले घाइतेहरुलाई उद्धार गरेर सदरमुकाम मन्थली पठाएको थियो । सेनाको हेलिकप्टरले मन्थलीबाट घाइतेहरुलाई काठमाडौँ ल्याएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण