होलीमा काठमाडौँँ उपत्यका सुनसान
काठमाडौँ । काठमाडौँ उपत्यका र पहाडका जिल्लाहरूमा आज रङहरूको पर्व फागु पूर्णिमा (होली) मनाइँदै छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा स्थानीय प्रशासनले सार्वजनिक स्थान र खुला सड्कमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयहरूले कडाइ गरेसँगै सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकामा विगतमा जस्तो तडक–भडक देखिएको छैन ।
_aLEXa501bC.jpg)
होली मनाउँदा मादक पदार्थ सेवन गरेर सवारी साधन दौडाउने र हुलदङ्गा गर्नेहरूलाई अघिल्ला वर्षहरूमा प्रहरीले नियन्त्रणमा लिने गरेको थियो । अघिल्ला वर्षहरूमा काठमाडौँको वसन्तपुरसहित धेरै ठाउँमा स्टेज बनाएर सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिएको थियो । निर्वाचन सुरक्षाको कारण प्रशासनले कडाइ गरेपछि यसपटक काठमाडौँमा स्टेज कार्यक्रम राखिएको छैन ।
उपत्यकामा स्थानीयहरूले होली पर्व शान्तिपूर्ण रूपमा मनाइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । उनले भने– ‘अहिलेसम्म कसैलाई पक्राउ गर्नुपरेको छैन ।’
_rESNhgMz6r.jpg)
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा २ हजार ५ सय मानिस भेला भएका छन् । वसन्तपुरमा करिब ३ सय मानिस भेला भएको र अन्यत्र भिडभाड नरहेको एसपी भट्टराईले बताए । उनले भने– ‘होलीको नाममा कतै पनि उच्छृङ्खल गतिविधि भएको छैन ।’
उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरूले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न स्थानीय प्रशासनले आग्रह गरेका थिए । यसअघिका वर्षहरूमा जिल्ला प्रशासन कार्यालयले ठमेल, दरबारमार्ग र वसन्तपुर लगायतका स्थानमा होलीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्न अनुमति दिने गरेको थियो । यस वर्ष मञ्च बनाएर साङ्गीतिक कार्यक्रम गर्न रोक लगाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
_TYVCUrdBif.jpg)
होलीको अवसरमा मादक पदार्थको सेवन र बिक्री वितरणमा पनि स्थानीय प्रशासनले रोक लगाएको छ । त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अङ्कित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण