सधैँ जनताको आवाज उठाइरहेकाे छु : गगन थापा
सोमबार, १८ फागुन २०८२, २१ : ५६
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैँ आम जनताको आवाज उठाइरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफूले गरेको कामको संक्षेपमा भिडियोमार्फत जानकारी गराउँदै यस्तो बताएका हुन्।
उनले भने‘ सधैँ आम जनताको आवाज उठाइरहेँ । कहिले सडकमा, कहिले सदनमा।’ आफूले समस्या उजागर गर्नुका साथै समाधानको खोजी गरेको पनि उनले बताए।
यस अवधिमा ८ महिना ११ दिन स्वास्थ्य मन्त्रीका रूपमा कार्यकारी जिम्मेवारी पाउँदा त्यसलाई निष्ठापूर्वक पूरा गर्ने प्रयास गरेको पनि उनले बताए । आगामी बिहीबार प्रतिनिधि सभा निर्वाचन हुँदैछ । उनी सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण