सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु

मङ्गलबार, १९ फागुन २०८२, ०७ : ५८
मङ्गलबार, १९ फागुन २०८२

वासिङ्टन डीसी । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले सोमबार इरानसँगको द्वन्द्वका क्रममा ६ जना अमेरिकी सेवा सदस्य (सैनिक) को मृत्यु भएको जनाएको छ। रोयटर्सका अनुसार अमेरिकी सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार भएको उक्त घटनाको पुष्टि गरेको हो।

घटनाको प्रकृति र मारिएका सैनिकहरूको विस्तृत विवरण भने गोप्य राखिएको छ। यसअघि सेन्टकमले ओमानको खाडीमा ११ वटा इरानी जहाजहरू डुबाइदिएको बताएको थियो । अब उक्त क्षेत्रमा इरानको कुनै पनि जहाज बाँकी नरहेको अमेरिकाको दाबी छ ।

इरानले दशकौँदेखि ओमानको खाडीमा अन्तर्राष्ट्रिय ढुवानीलाई दुःख दिने र आक्रमण गर्ने गर्दै आएको सेन्टकमको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप