अमेरिकी दूतावासमा आक्रमणपछि पाकिस्तानमा सबै भिसा अन्तर्वार्ता रद्द
सारांश
- इरानी नेताको हत्याको हल्लापछि हिंसा भड्किएपछि पाकिस्तानमा अमेरिकी दूतावासले भिसा रद्द गर्यो।
- कराँचीस्थित अमेरिकी कन्सुलेटमा प्रदर्शनकारीले आक्रमण गरेपछि अमेरिकी सेनाले गोली चलायो, जसमा १० जनाको मृत्यु भयो।
- अमेरिका विरोधी प्रदर्शनका कारण पाकिस्तानका शहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ, र कर्मचारीहरूलाई उच्च सतर्कतामा राखिएको छ।
इस्लामाबाद । इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीको हत्या भएको खबरपछि भड्किएको हिंसाका कारण पाकिस्तानस्थित अमेरिकी दूतावासले आफ्ना सबै भिसा अपोइन्टमेन्टहरू रद्द गरेको छ। सुरक्षा अवस्था गम्भीर मोडमा पुगेको भन्दै दूतावासले आगामी (मार्च ६ सम्मका लागि सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो।
राजधानी इस्लामाबादस्थित दूतावाससहित लाहोर र कराँचीमा रहेका कन्सुलेट कार्यालयहरूमा हुने भिसा अन्तर्वार्ताहरू पूर्ण रूपमा रोकिएका छन्। गत आइतबार कराँचीस्थित अमेरिकी कन्सुलेटमा प्रदर्शनकारीले आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
अमेरिकी सेनाद्वारा गोलीबारी भएको पुष्टि
कराँचीमा भएको उक्त झडपमा कम्तीमा १० जना प्रदर्शनकारीको मृत्यु भएको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार प्रदर्शनकारीले कन्सुलेटको बाहिरी पर्खाल नाघेर हाताभित्र पस्न खोजेपछि त्यहाँ तैनाथ अमेरिकी मरिन कमान्डोहरूले गोली चलाएका थिए। अमेरिकी अधिकारीहरूले पहिलोपटक आफ्ना मरिनहरू गोलीबारीमा संलग्न रहेको कुरा स्वीकार गरेका हुन्।
यद्यपि, मरिनले चलाएको गोलीबाटै मानिसहरू मरेका हुन् वा सुरक्षामा खटिएका निजी सुरक्षाकर्मी र स्थानीय प्रहरीको गोलीबाट भन्नेबारे अनुसन्धान भइरहेको दाबी गरिएको छ।
अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा इरानी सर्वोच्च नेता खामेनी मारिएको हल्ला फैलिएपछि पाकिस्तानभर अमेरिका विरोधी प्रदर्शन सुरु भएको थियो। कराँचीमा उत्तेजित भिडले अमेरिकी कुटनैतिक नियोगलाई निशाना बनाएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए।
सिन्ध प्रान्तीय सरकारका प्रवक्ता सुखदेव असारदास हेम्नानीले सुरक्षाकर्मीबाट गोली प्रहार भएको पुष्टि गरे पनि कसले गोली चलाएको हो भन्नेबारे विस्तृत खुलाएका छैनन्। हाल पाकिस्तानका प्रमुख सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने अमेरिकी कुटनैतिक कर्मचारीहरूलाई उच्च सतर्कतामा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण