इरानविरुद्धको युद्ध अन्तहीन नभएकाे ट्रम्प प्रशासन र इजरायलको दाबी
सारांश
- अमेरिकी उपराष्ट्रपति र इजरायली प्रधानमन्त्रीले इरानमाथिको सैन्य आक्रमणलाई क्षेत्रीय शान्तिको माध्यमको रूपमा व्याख्या गरे।
- दुवै नेताले इरानसँगको भिडन्तको स्पष्ट लक्ष्य परमाणु हतियार रोक्नु रहेको बताए, र यो युद्ध छिट्टै सकिने दाबी गरे।
- इजरायली प्रधानमन्त्रीले यो संघर्षले इजरायल र अरब मुलुकहरूबिचको सम्बन्ध सामान्यीकरण गर्ने बाटो खोल्ने बताए।
वासिङ्टन । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणलाई ‘अन्तहीन वैदेशिक युद्ध’ को संज्ञा दिने आलोचकहरूलाई अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जवाफ दिएका छन्। चुनावमा गरेका बाचाविपरीत ट्रम्पले अमेरिकालाई अर्को ठूलो युद्धमा धकेलेको आरोप लागिरहँदा दुवै नेताले यसलाई क्षेत्रीय शान्तिको माध्यमका रूपमा अथ्र्याएका छन्।
अमेरिकी टेलिभिजन फक्स न्युजसँग कुरा गर्दै उपराष्ट्रपति भान्सले इरानमाथिको आक्रमण विगतका इराक र अफगानिस्तान युद्धभन्दा पूर्ण रूपमा फरक रहेको तर्क गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै स्पष्ट उद्देश्यबिना अमेरिकालाई वर्षौँसम्म तन्किने द्वन्द्वमा कहिल्यै नफसाउने भन्दै भान्सले इरानसँगको भिडन्तको स्पष्ट लक्ष्य परमाणु हतियार रोक्नु रहेको बताए। उनले ट्रम्प प्रशासनले के हासिल गर्न खोजेको हो भन्ने कुरा स्पष्ट रूपमा परिभाषित गरिएको र यसले अमेरिकालाई विगतका गल्तीहरू दोहोर्याउनबाट जोगाउने दाबी गरे।
यता इजरायली प्रधानमन्त्री नेतान्याहुले पनि इरानविरुद्धको युद्ध चाँडै सकिने र यसले मध्यपूर्वमा नयाँ सम्भावनाहरू खोल्ने बताएका छन्। उनले यो युद्ध अन्तहीन नभई ‘शान्तिको ढोका’ भएको टिप्पणी गरे। कतिपयले यो लडाइँ लामो समयसम्म लम्बिने र अमेरिका–इजरायल दुवै दलदलमा फस्ने चेतावनी दिइरहेका बेला नेतान्याहुले त्यसलाई ठाडै अस्वीकार गरे।
नेतान्याहुका अनुसार यो संघर्षले इजरायल र अन्य अरब मुलुकहरूबिचको सम्बन्ध सामान्यीकरण गर्ने बाटो प्रशस्त गर्नेछ। यसअघि ट्रम्पसँगै मिलेर ल्याइएको अब्राहम एकोर्डमार्फत चारवटा अरब देशसँग शान्ति सम्झौता भएको स्मरण गराउँदै उनले अब इरानविरुद्धको सहकार्यले अझ धेरै देशसँग शान्ति सन्धि गराउने विश्वास व्यक्त गरे।
विपक्षीहरूले ट्रम्पले आफ्नो चुनावी बाचा तोडेर मध्यपूर्वलाई थप अस्थिर बनाएको आरोप लगाइरहँदा सत्तापक्षले भने यसलाई सुरक्षा र समृद्धिको रणनीतिक कदमका रूपमा व्याख्या गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण