मुस्ताङको कोरला नाका बन्द, निर्वाचन कर्मचारीलाई अक्सिजनको व्यवस्था
सारांश
- निर्वाचनलाई मध्यनजर गर्दै मुस्ताङको कोरला नाका ७२ घण्टाका लागि बन्द गरिएको छ।
- नेपालको आग्रहमा चिनियाँ पक्षले नाका बन्द गरेको हो, जसले गर्दा दुवैतर्फ आवतजावत रोकिएको छ।
- उच्च उचाइमा रहेका मतदान केन्द्रका कर्मचारीलाई अक्सिजनको व्यवस्था गरिएको छ।
पोखरा । निर्वाचनलाई लक्षित गरी मुस्ताङको कोरला नाका बन्द गरिएको छ । चीनको सीमा २४ नम्बर स्तम्भमा रहेको उक्त नाका ७२ घण्टाका लागि बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार, नेपालका तर्फबाट आग्रह गरेपछि चिनियाँ टोलीबाट पनि नाका बन्द भएको छ ।
‘हामीले रिक्वेस्ट गरेका थियौं । नाका बन्द भयो भनेर उताबाट पनि खबर आएको छ,’ उनले भनिन्, ‘दुबैतर्फबाट अब आवतजावत रोकियो ।’ जिल्लामा अन्य मानवीय थ्रेट नरहेको शर्माको भनाइ छ । ‘अहिलेसम्म कुनै थ्रेट नोटिस गरेका छैनौं, मुस्ताङ शान्तपूर्ण छ,’ उनले भनिन् ।
आवतजावत रोक्नका लागि बीओपी पनि सक्रिय छ । इलाका प्रहरी कार्यालय पनि सोही नाका नजिकै भएकोले दोहोरो आउजाउ नहुने उनको भनाई छ । कोरला नाकाबाट अहिले सामग्री आयात निर्यात नै हुन थालेको छ ।
उच्च उचाई भएका मतदान केन्द्रमा खटिएका कर्मचारीलाई अक्सिजन समेत व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार, ३ हजार मिटर भन्दा माथिका सबै मतदान केन्द्रमा खटिएका कर्मचारीलाई लक्षित गरेर प्रति केन्द्र ३ वटाका दरले अक्सिजन पठाइएको हो । ‘अहिले ३ वटाका दरले पठायौं । आवश्यक पर्यो भने थप गर्छौं,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण