नेपाली दूतावास यूएईको सूचना : यस्तो अवस्थामा ओभरस्टे भएकालाई फाइन नलाग्ने
सारांश
- यूएईस्थित दूतावासले भिसा अवधि सकिएका नेपालीलाई जरिवाना नलाग्ने जनाएको छ।
- परराष्ट्र मन्त्रालयले नेपालीको उद्धार र समन्वयका लागि अनलाइन पोर्टल बनाएको छ।
- विमानस्थलमा अलपत्र र भिसा रद्द भई रोकिएका नेपालीलाई विवरण भर्न आग्रह गरिएको छ।
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण भिसाको म्याद सकिएर युएईमै बस्नुपरेका (ओभरस्टे भएका) नेपाली नागरिकहरूलाई जरिवाना (फाइन) नलाग्ने स्पष्ट पारेको छ।
दूतावासले मङ्गलबार एक सूचना जारी गर्दै फेब्रुअरी २८ तारिखपछि भिसाको म्याद सकिएर ओभरस्टे भएकाहरूको हकमा कुनै पनि जरिवाना नलाग्ने जानकारी प्राप्त भएको जनाएको हो। दूतावासले यस विषम परिस्थितिमा नआत्तिन र संयमता अपनाउन सम्पूर्ण नेपालीहरूलाई आग्रह गरेको छ।
मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका बीच यूएईमा रहेका नेपालीहरूको अवस्थाबारे यकिन सूचना संकलन गर्न र आवश्यक उद्धार तथा समन्वयका लागि परराष्ट्र मन्त्रालयले नयाँ अनलाइन पोर्टल निर्माण गरेको छ। दूतावासले समस्यामा परेका नेपालीहरूलाई तत्काल आफ्नो विवरण उक्त पोर्टलमा अद्यावधिक (अपडेट) गर्न अपिल गरेको छ।
दूतावासका अनुसार पहिलो चरणमा विशेष गरी दुई प्रकृतिका समस्यामा परेका नागरिकहरूलाई प्राथमिकतामा राखेर विवरण मागिएको छ। जसमा विभिन्न मुलुकहरूबाट ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा यूएईको विमानस्थलमा अलपत्र परेका नेपालीहरू पहिलो प्राथमिकतामा छन्।
त्यसैगरी, यूएईको भिसा समाप्त भइसकेका वा कम्पनीबाट भिसा रद्द गराएर नेपाल फर्कन हवाई टिकटसमेत काटिसकेका तर हालको परिस्थितिले गर्दा रोकिएर असहज अवस्थामा पुगेका नागरिकहरूले पनि यथाशीघ्र आफ्नो विवरण भर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण