सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
चितवन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । सोमबार साँझसम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीसहित निर्वाचन कर्मचारी र मतदानका लागि आवश्यक सामग्री मतदानस्थल तथा केन्द्रमा पुगेको हो।
निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जिल्लाका सबै क्षेत्रमा निर्वाचनका लागि आवश्यक सामग्री र कर्मचारी पुगेको बताए। मतदानका लागि आवश्यक ५१ प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू त्यहाँ पुगेका उनले जनाकारी दिए।
जिल्लामा ४९४ मतदान केन्द्र र १६२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणको काम सुरु गरिएको कार्कीले जानकारी दिए। यहाँ निर्वाचन सम्पन्न गर्नका लागि दुई हजार ९६४ जना कर्मचारी खटिएका छन् । यससँगै जिल्ला सुरक्षा समितिले सुरक्षा विश्लेषण अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले जानकारी दिए।
उनका अनुसार मतदानस्थललाई तीन वर्गमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको र तीन वटै क्षेत्रमा मत गणनास्थल निर्माणको काम सम्पन्न गरिएको छ। प्रमुख जिल्ला अधिकारी आर्यालका अनुसार चितवन क्षेत्र नं १ मा खैरहनी माध्यामिक विद्यालय, क्षेत्र नम्बर २ मा उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्र र क्षेत्र नम्बर ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवनमा मतगणनास्थल तय गरिएको छ । मत गणनास्थलमा सिसी टिभी जडान र तारजाली राख्ने काम सकिएको उनले जानकारी दिए।
प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण