आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल फाल्गुन २० गतेको बार, तिथि, नक्षत्र, योग र करणबारे जानकारी दिइएको छ।
- काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय र दिनमानको जानकारी समावेश छ।
- शुभ कार्यका लागि उपयुक्त समय र राहुकालको समय तालिका प्रदान गरिएको छ, साथै राशिफल पनि समावेश छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन २० गते । बुधबार । इस्वी सन् २०२६ मार्च ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–प्रतिपदा, २५ घडी ४३ पला, बेलुकी ४ बजेर ४५ मिनेट उप्रान्त द्धितीया । नक्षत्र–पूर्वाफाल्गुनी, ३ घडी २० पला, बिहान ७ बजेर ४८ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–धृती, ६ घडी ५३ पला, बिहान ९ बजेर १३ मिनेट उप्रान्त शुल । करण–कौलव, बेलुकी ४ बजेर ४५ मिनेट उप्रान्त तैतिल, रातको ४ बजेर ४९ मिनेट उप्रान्त गर । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह, दिउँसो १ बजेर ५५ मिनेट उप्रान्त कन्या ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५ मिनेट । दिनमान २९ घडी ३ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर २८ मिनेटसम्म लाभ बेला ।
- बिहान ६ बजेर २९ मिनेटदेखि बिहान ७ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर ५६ मिनेटदेखि बिहान ९ बजेर २२ मिनेटसम्म काल बेला ।
- बिहान ९ बजेर २३ मिनेटदेखि बिहान १० बजेर ४९ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर ५० मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म रोग बेला ।
- दिउँसो १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर ११ मिनेटसम्म चर बेला ।
- दिउँसो ३ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ३८ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ४ बजेर ३९ मिनेटदेखि बेलुकी ७ बजेर ३८ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १२ बजेर १६ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५२ मिनेटदेखि बिहान ४ बजेर ४० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग हुने भेटघाटले मन प्रफुल्लित हुनेछ । आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । बिहानको समयमा वंश वृद्धिको योग रहेको छ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोलीको प्रभाव बढ्ने तथा बोलेरै धेरै रुपैयाँ पैसा कमाउन सकिनेछ । मेहनतले प्रतिस्पर्धी हरूलाई जित्न सकिनेछ भने अध्ययनमा सफलता हात पार्न सकिनेछ । शत्रु तथा वैरभाव राख्नेहरू कमजोर हुनेछन् । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । लेखन तथा साहित्यको क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय फलदायी रहनेछ । खाद्यान्न, बिलासी सामान, होटल तथा रेष्टुरेन्टाको लगानीबाट नाफा कमाउन सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापारमा नयाँ लगानी थप्न सकिनेछ । इमानदार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुखद समाचारले आजको दीन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कृतिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धी हरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा बिलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथिसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । विदेश सम्बन्धी काममा ढिलासुस्ती हुने योग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
-
धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान
-
भीएआरको निर्णय र इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि उठायो प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ
-
अमेरिकामा लरेन्स बिश्नोई र गाेल्डी बरारमाथि मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण