बारा : निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी पुगे मतदान केन्द्रमा
सारांश
- भोलि हुने निर्वाचनका लागि बारामा ६,५०० सुरक्षाकर्मी परिचालन गरिएको छ।
- बाराका ४ निर्वाचन क्षेत्रमा ३०५ मतदान स्थल र ५८७ मतदान केन्द्र रहेका छन्।
- निर्वाचनका लागि ५८७ मतदान अधिकृतसहित ३,५५० भन्दा बढी कर्मचारी खटाइएको छ।
बारा । भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारामा ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाराको ४ वटा निर्वाचन क्षेत्रका लागि ३०५ वटा मतदान स्थल र ५८७ मतदान केन्द्रमा ६ हजार ५ सय सुरक्षाकर्मी परिचालन भएका हुन् ।
यस जिल्लामा १४५ अति संवेदनशील, १०८ संवेदनशील र ५२ मतदान केन्द्रलाई सामान्य अवस्थामा राखिएको छ । सोही अनुसार सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्लामा करिब १ हजार ६ सय नेपाल प्रहरी, १ हजार २ सय सशस्त्र प्रहरी, ८ सय नेपाली सेना, ३५ जना राष्ट्रिय अनुसन्धानका कर्मचारी र तीन हजार ३६ जना निर्वाचन प्रहरी खटिएका छन् ।
मतदान केन्द्र, संवेदनशील क्षेत्र, मुख्य चोक र नाका लक्षित गर्दै नियमित गस्ती, निगरानी र चेकजाँचलाई तीव्रता दिइएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाए ।
निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा मंगलबार नै कर्मचारीहरू पुगिसकेको निर्वाचन कार्यालय बाराका अधिकृत नविन चौधरीले जनाए । मतदान केन्द्रमा पुगेका कर्मचारीले आज बेलुकासम्म बुथ निर्माण गर्नेछन् । तराईमा आज होली (फागु पर्व) मनाइने हुँदा कतिपय मतदान केन्द्र मंगलबार नै तयार भइसकेका छन् ।
यसैबिच निर्वाचनका लागि ५८७ मतदान अधिकृतसहित ३ हजार ५५० भन्दा बढी कर्मचारी परिचालन गरिएको छ ।
बाराका कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
बाराको ४ वटा निवार्चन क्षेत्रमध्ये क्षेत्र नं १ मा १ लाख २३ हजार मतदाता छन् । जसमध्ये ६६ हजार ४२३ पुरुष र ५७ हजार ५५८ महिला मतदाता छन् । यो क्षेत्रमा ८६ मतदानस्थल, १६१ मतदान केन्द्र छन् ।
त्यसैगरी बारा क्षेत्र नं २ मा १ लाख १३ हजार ८३९ मतदातामध्ये ६३ हजार ९९४ पुरुष र ४९ हजार ८४५ महिला छन् । यो निर्वाचन क्षेत्रमा ८२ मतदान स्थल र १४५ मतदान केन्द्र छन् ।
बारा–३ मा भने १ लाख १३ हजार ५२१ मतदाता छन् । यो क्षेत्रमा ६२ हजार २५३ पुरुष र ५१ हजार २६६ महिला मतदाता छन् । यो क्षेत्रमा ७६ मतदान स्थल र १४४ मतदान केन्द्र छन् ।
बाराको क्षेत्र नं ४ मा १ लाख १४ हजार ४३९ मतदाता छन् । यो क्षेत्र मकवानपुरको सीमा क्षेत्र चुरियामाई मन्दिरदेखि बारा–पर्सा औद्योगिक करिडोर हुँदै भारतीय सीमावर्ती क्षेत्रसम्म पर्दछ ।
यो क्षेत्रमा ६३ हजार ९३ पुरुष र ५१ हजार ३४० महिला मतदाता छन् । यहाँ ६१ मतदानस्थल र १३७ मतदान केन्द्र छन् ।
बाराको १६ वटा पालिकामध्ये अधिकांश निर्वाचन क्षेत्रले ३ देखि ५ वटा पालिकासम्म छोएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, तराई÷मधेस–काठमाडौँ दु्रतमार्ग बाराको क्षेत्र नं १ र २ मा पर्दछ ।
भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बाराको ४ वटा निर्वाचन क्षेत्रबाट ११० जनाले उम्मेदवारी दिएका छन्, जसमा ९४ जना पुरुष र १६ जना महिला छन् ।
निर्वाचन अधिकृत नविन चौधरीले मतपत्र, मतपेटिकासहित ९४ किसिमका निर्वाचन साम्रगी मतदानस्थलसम्म पु¥याइसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण