मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने लिग–२ का खेलहरू स्थगित
सारांश
- मध्यपूर्वको परिस्थितिका कारण नेपालमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ स्थगित भएको छ।
- नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक विज्ञप्ति जारी गर्दै खेल स्थगित गरेको जानकारी गराएको हो।
- नेपाल, यूएई र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्च १० देखि काठमाडौंमा सुरु हुने तालिका थियो।
काठमाडौँ । मध्यपूर्वमा सिर्जना भएको वर्तमान परिस्थितिका कारण नेपालमा आयोजना हुन गइरहेको आईसीसी क्रिकेट विश्वकप (सीडब्लुसी) लिग–२ अन्तर्गतका खेलहरू अनिश्चित कालका लागि स्थगित भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो।
क्यानका अनुसार यही मार्च १० तारिखदेखि काठमाडौँमा सुरु हुने तय भएको त्रिकोणात्मक सिरिज रोकिएको हो। यस सिरिजमा आयोजक नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो। तर, मध्यपूर्वको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि खेलहरू नखेलाउने निर्णयमा क्यान पुगेको हो।
स्थगित भएका खेलहरूको नयाँ मिति भने तय भइसकेको छैन। क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी सूचनामा उल्लेख गरिएअनुसार सम्बन्धित पक्षहरूसँगको थप छलफल र परामर्शपछि आगामी दिनमा खेलका नयाँ मिति र तालिकाहरू सार्वजनिक गरिनेछ।
खेल स्थगित भएसँगै सिरिजका लागि तयारी गरिरहेका नेपाल, ओमान र यूएईका क्रिकेट टोलीको तालिका प्रभावित भएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण