विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्ति यी मतदान केन्द्रबाट मतदान गर्ने
सारांश
- निर्वाचनका लागि विशिष्ट व्यक्ति, नेता र लब्ध प्रतिष्ठित व्यक्तिहरूले आ-आफ्नो मतदान केन्द्रमा मतदान गर्नेछन्।
- प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, विभिन्न दलका सभापति, पूर्वराष्ट्रपतिलगायतले आ-आफ्नो मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।
- शेरबहादुर देउवा भने मुलुक बाहिर रहेकाले यसपटक मतदान नगर्ने भएका छन्।
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले आज तोकिएका मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । उनीहरूले यसअघिका निर्वाचनमा जस्तै आआफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई मतदान गर्नेछन् ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
कांग्रेस सभापित गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन् । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नेछन् । सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्ने जनाइएको छ ।
पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नेछन् भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको मतदान केन्द्र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला भए पनि यसपटक उनी मुलुक बाहिर रहेकाले मतदान गर्ने छैनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नेछन् ।
नेकप संयोजक पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन् । सहसंयोजक माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
झलनाथ खनालको नाम इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रमा समावेश छ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गर्नेछन् । निर्वाचन आयुक्त जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा मतदान केन्द्रबाट मतदान गर्नेछन् । आयुक्त सगुन शम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । मुख्यसचिव सुमनराज अर्यालले गोकर्णेश्वर नगरपालिका–६ लर्डलाइट एकेडेमी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रबाट मतदान गर्नेछन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गर्नेछन् ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यमिक विद्यालय साकोठा मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
यसैगरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
नेताहरु प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल, शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय, नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गर्नेछन् । शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्र र योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ कविशिरोमणि मावि, विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ श्री राजेश्वर निधि मावि, कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० कलवलगुडी आधारभूत विद्यालय (क) मतदान केन्द्र र ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्र, जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्र र वर्षमान पुनले रोल्पा नगरपालिका–७ बालउदय मावि माडीचौर मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
डिपी अर्यालले काठमाडौँ महानगरपालिका–१६ र स्वर्णिम वाग्लेले गोरखा सहिद लखन थापा गाउँपालिकाबाट मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण