सुदूरपश्चिममा शान्तिपूर्ण रूपमा मतदान जारी
धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा मतदाताहरू बिहानैदेखि मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार प्रदेशभरिका १ हजार १७६ मतदान स्थलका २ हजार १९९ मतदान केन्द्रमा मतदान प्रक्रिया एक घण्टा अघिदेखि सुरु भएको हो। यस प्रदेशमा कुल १७ लाख १६ हजार मतदाता रहेका छन्।
निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संवेदनशीलताको आधारमा प्रदेशका ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई 'अति संवेदनशील' सूचीमा राखिएको छ। त्यसैगरी, ३९५ मतदान स्थललाई 'संवेदनशील' मानिएको छ।
अति संवेदनशील र संवेदनशील क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।
मतदान आज साँझ ५ बजेसम्म जारी रहनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी र सुत्केरी महिलाहरूलाई मतदान गर्न सहज होस् भनेर केन्द्रहरूमा छुट्टै लाइनको व्यवस्था समेत मिलाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण