महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि कुटपिट
बिहीबार, २१ फागुन २०८२, ०८ : ४५
महोत्तरी । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उहाँमाथि निर्घात कुटपिट गरेको हो । घटना गए रातिको हो ।
स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । हाल उनको जनकपुरमा उपचार भइरहेको छ ।
आक्रमणमा परेपछि उहाँले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गरेको र आफूहरुले तत्काल उहाँलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए । घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरुको खोजी जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण