गन्तव्यमा नपुगी किन फर्कियो बालेन सवार हेलिकप्टर ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह सवार हेलिकप्टर गन्तव्यमा नपुगी काठमाडौँ फर्किएको छ । नागरिक उड्डयन प्राधिकरण स्रोतले उनी हेलिकप्टरमा बिहीबार बिहान झापा जान लागेको भए पनि अनुमति नलिएको भनेर जानकारी आएसँगै बिच बाटोबाटै फर्काइएको दाबी गर्यो ।
‘हामीलाई हेलिकप्टरका लागि अनुमति नलिएको भनेर माथिबाट जानकारी आयो, त्यहीअनुसार झापा नपुगी हेलिकप्टरलाई काठमाडौँ फर्काइयो’, क्यान स्रोतले भन्यो ।
तर, बालेनको सचिवालयले भने हेलिकप्टर प्रयोग गर्न अनुमति लिएको स्पष्ट पारेको छ। रातोपाटीलाई बालेनको सचिवालयले पठाएको अनुमति पत्रमा बालेनले हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगबाट बुधबार नै अनुमति प्राप्त भएको देखिन्छ । पत्रमा भनिएको छ, ‘....प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ को उम्मेदवार रहनुभएका तहाँ दलका वरिष्ठ नेता श्री बालेन्द्र शाहलाई मिति २०८२।११।२१ गते काठमाडौँ झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरिएको बेहोरा अनुरोध गर्दै सो रूटमा हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेका बखत उपलब्ध गराउने गरी राख्ने व्यवस्था गर्न समेत निर्णयानुसार अनुरोध छ ।’

बालेन सवार हेलिकप्टर काठमाडौँबाट उडेर ५० माइल पर पुगिसकेको थियो । बिचबाटोबाटै हेलिकप्टर फर्किएपछि यसबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि बालेनले हेलिकप्टर प्रयोग गर्नका लागि आयोगबाट अनुमति लिएको पुष्टि गरे । ‘विषय अनेक आइरहेको छ । तर, उहाँले अनुमति लिनु भएको छ’, उनले भने ।
स्रोतका अनुसार बालेन झापा हिँडिसिकेपछि अनुमति नलिएको भन्दै जहाज फर्काउनु भनेर एकाएक उच्च सरकारी तहबाट एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई निर्देशन गएपछि यस्तो स्थिति आएको हो ।
यसअघि प्रकाशित समाचारमा तथ्य केही फरक पर्न गएकाले अध्यावधिक गरेर प्रकाशित गरिएको छ- सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण