उत्तर कोरियाद्वारा परमाणु युद्धपोतबाट मिसाइल परीक्षण, किम जोङ उनद्वारा निरिक्षण
सारांश
- उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ रणनीतिक युद्धपोतबाट क्रुज मिसाइलको सफल परीक्षण गरे।
- किमले नौसैनिक क्षमता विस्तार गर्ने र समुद्री सार्वभौमिकता रक्षा गर्ने प्रतिबद्धता जनाए।
- यो परीक्षण उत्तर कोरियाको परमाणु हतियारले सुसज्जित जलसेनाको अभियानको संकेत हो।
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको समुद्री प्रतिरक्षाको नयाँ प्रतीक मानिएको ५,००० टन क्षमताको रणनीतिक डिस्ट्रोयर युद्धपोतबाट रणनीतिक क्रुज मिसाइलको सफल परीक्षण गराएका छन्। बुधबार नाम्पो शिपयार्डमा आयोजित छो ह्योन नामक नयाँ युद्धपोतको परीक्षणमा उपस्थित हुँदै किमले यसलाई आफ्नो नौसैनिक क्षमतामा आएको आमूल परिवर्तनको रूपमा व्याख्या गरेका हुन्।
उत्तर कोरियाले ‘रणनीतिक’ शब्दको प्रयोग परमाणु क्षमतायुक्त हतियारका लागि गर्ने गरेको छ। युद्धपोतको औपचारिक सञ्चालन अघि गरिएको यस समुद्री-देखि-सतहसम्म प्रहार गर्ने मिसाइल परीक्षणले उत्तर कोरियाको जलसेनालाई परमाणु हतियारले सुसज्जित गर्ने अभियान सन्तोषजनक रूपमा अघि बढेको संकेत गरेको छ।
किमले आगामी दिनमा पानी मुनि र माथिबाट आक्रमण गर्न सक्ने नौसैनिक शक्ति तीव्र गतिमा विस्तार गरिने उद्घोष समेत गरे। पछिल्लो आधा शताब्दीमा हासिल हुन नसकेको समुद्री सार्वभौमिकता रक्षाको सफलता यसै युद्धपोतमार्फत प्राप्त हुने उनको दाबी छ।
यसअघि मे २०२५ मा चोङजिन शिपयार्डमा यस्तै अर्को युद्धपोत समुद्रमा खसाल्ने क्रममा पल्टिएर दुर्घटना भएपछि उत्तर कोरियाको नौसैनिक आधुनिकीकरण कार्यक्रममा ठुलो धक्का लागेको थियो। उक्त विफलतालाई अपराधिक कार्यको संज्ञा दिएका किमले यसपटक भने नयाँ प्रविधिको सफल परीक्षण गराएका हुन्। उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाब झेल्न सैन्य रूपमा बलियो हुनुपर्ने तर्क दिँदै आएको छ।
सैन्य शक्ति सुदृढीकरणसँगै किमले हालै सम्पन्न वर्कर पार्टीको महाधिवेशनमा देशको आर्थिक अवस्था र जनताको जीवनस्तर सुधारका लागि पनि कडा संघर्ष गर्ने प्रतिबद्धता जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण