बागलुङको कारागार केन्द्रमा सकियो मतदान, खस्यो ९६.३६ प्रतिशत मत
बागलुङ । अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ । बागलुङ नगरपालिका–१ मा रहेको बागलुङ जिल्ला कारगारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा ५५ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेकामा ५३ जनाले मात्रै मतदान गरेका हुन् ।
कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार कारागार मतदान केन्द्रमा ५३ कैदीबन्दी र दुई जना कर्मचारी मतदाता थिए । एक जना बन्दी कैद भुक्तान भएर निस्किएको र अर्को एक जना काठमाडौँ स्थानान्तरण भएको हुँदा ५३ जना मात्रै मतदानमा सहसभागी भएको पन्तले जानकारी दिए ।
मतदान सम्पन्न भए पनि केही बेरमा मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाउने पन्तले बताए । दलका प्रतिनिधिसँग छलफलपछि मात्रै मतपेटिका बुझाउने उनको भनाइ छ । बागलुङ जिल्लाभर २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण