इरानमा मृतकको सङ्ख्या १ हजार १०० नाघ्यो
सारांश
- इरानमा शनिबारदेखि सुरु भएको युद्धमा हालसम्म १ हजार १ सयभन्दा धेरैको मृत्यु भएको छ।
- मृत्यु हुनेहरूमा १८३ बालबालिका छन्, जसमध्ये अधिकांश १० वर्ष मुनिका छन्।
- अघिल्लो २४ घण्टामा भएका आक्रमणहरूले अन्तर्राष्ट्रिय मानवतावादी कानुनअन्तर्गत संरक्षित नागरिक स्थलहरूलाई पनि निशाना बनाएको बताइएको छ।
तेहरान । इरानमा शनिबारदेखि सुरु भएको युद्धमा १ हजार १ सय भन्दा धेरै मारिएका छन् । अमेरिकी ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजन्सी (एचआरएएनए)ले बताएको भन्दै सीएनएनले छापेको समाचार अनुसार युद्धमा अहिलेसम्म कम्तीमा १ हजार ११४ जना मारिएका छन् ।
मृतकमा १८३ बालबालिका छन् । यीमध्ये अधिकांश १० वर्ष मुनिका छन् । एचआरएएनएले अझै ९०० भन्दा बढी रिपोर्ट भएका मृत्युहरू पुष्टि गर्ने काम गरिरहेको बताइएको छ । अघिल्लो २४ घण्टामा भएका केही आक्रमणले अन्तर्राष्ट्रिय मानवतावादी कानुनअन्तर्गत संरक्षित नागरिक स्थलहरूलाई पनि लक्ष्य बनाएको रिपोर्ट गरिएको छ । आक्रमणमा उच्च माध्यमिक विद्यालय, विभिन्न मेडिकल साइट र क्लिनिकहरूलाई पनि निशाना बनाइएको छ ।
पछिल्लो युद्धमा मृत्यु हुनेहरूको सङ्ख्या गत वर्षको जुनमा भएको १२ दिने युद्धको कुल मृतकसँग नजिकिँदै गएको छ । एचआरएएनएका अनुसार, त्यो युद्धमा इरानमा करिब १ हजार १९० व्यक्तिको मृत्यु भएको थियो । मर्नेमा इजरायल र अमेरिकी सेनाका कारबाही पनि समावेश थिए ।
त्यस्तै, तेहरानका प्रतिशोधी आक्रमणमा मध्यपूर्वका अन्य स्थानमा पनि दर्जनौँ मानिस मारिएका छन् । मर्नेमा ६ अमेरिकी सैनिकसमेत पनि भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण