अपडेट
कर्णालीमा १ बजेसम्म ३०.७ प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १३ : ३२
सारांश
- कर्णालीमा दिउँसो १ बजेसम्म ३०.७ प्रतिशत मत खसेको छ ।
- प्रदेश निर्वाचन अधिकृतका अनुसार, हालसम्म ३ लाख १८ हजार ३०२ मत खसेको हो ।
- सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्लामा मतदान भइरहेको छ ।
सुर्खेत । कर्णालीमा दिउँसो १ बजेसम्म ३०.७ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार १ बजेसम्म ३ लाख १८ हजार ३०२ मत खसेको हो ।
प्रदेशमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या रहेको छ । जसमध्ये हालसम्म ३० प्रतिशत मत खसेको उनले बताए । गुरुङका अनुसार, सुर्खेत—१, मा ३०.७२, सुर्खेत—२ मा ३१.५३, दैलेख—१ मा २१.९१, दैलेख—२ मा १६.८३ मत खसेको छ ।
त्यस्तै, जाजरकोटमा ३४.०२, सल्यानमा ३३.५७, रुकुमपश्चिममा ३४.५३, कालिकोटमा २६.७२, जुम्लामा ३१.२० प्रतिशत मत खसेको छ । यस्तै, मुगुमा ३७.५५, डोल्पामा ३४.०५ र हूम्लामा ४३.७२ प्रतिशत मत खसेको छ ।
गुरुङका अनुसार, कर्णालीमा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण