अमेरिकाले आक्रमण गरेको इरानी युद्धपोतबाट ८० भन्दा बढी शव फेला
काठमाडौँ । अमेरिकी टरपिडो आक्रमणपछि इरानको एक नौसैनिक युद्धपोतबाट ८० भन्दा बढी शव फेला परेका छन्।
श्रीलंकाको दक्षिणी सहर गाले नजिक समुद्रमा सङ्कट सङ्केत (डिस्ट्रेस कल) आएपछि मंगलबार श्रीलंकाको नौसेना र वायुसेनाले उद्धार अभियान सञ्चालन गरेको थियो ।
उद्धार टोलीले करिब ४० किलोमिटर टाढा समुद्री क्षेत्रमा खोजी गर्दा ३२ जना नाविकलाई जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
उद्धारकर्ताले समुद्रमा जीवित व्यक्तिहरूको खोजी जारी राखे पनि युद्धपोत वा त्यसको भग्नावशेष स्पष्ट रूपमा देखिएको थिएन ।
सुरुमा टरपिडो वा पनडुब्बीबाट आक्रमण भएको भन्ने रिपोर्टहरू पुष्टि हुन सकेका थिएनन् । पछि अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको एक अमेरिकी पनडुब्बीले टरपिडो प्रहार गरी इरानी युद्धपोतमा आक्रमण गरेको बताए ।
डेनासहित अन्य इरानी जहाजहरू भारतको विशाखापट्टनममा आयोजित इन्टरनेशनल फ्लीट रिभ्यु २०२६ कार्यक्रममा सहभागी भएर फर्किँदै गरेका थिए । उक्त बहुराष्ट्रिय नौसैनिक भेलामा ५४ देश सहभागी भएका थिए ।
समुद्रबाट फेला परेका ८० भन्दा बढी शवलाई गालेको अस्पतालमा लगिएको छ। मृतकलाई राख्नका लागि आसपासका स्वास्थ्य संस्थाहरू पनि खाली गराइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण