अपडेट
स्याङ्जाको एउटा मतदानस्थलमा मतदान रोकियो
बिहीबार, २१ फागुन २०८२, १४ : १९
सारांश
- स्याङ्जाको वालिङमा रहेको एक मतदानस्थलमा मतदान रोकिएको छ।
- मतदान अधिकृतले प्रत्यक्षतर्फको मत पत्रमा हस्ताक्षर नगरेको विषयमा विवाद भएको थियो।
- सर्वदलीय सहमति गरेर मतदान सुचारु गर्ने प्रयास भइरहेको छ।
काठमाडौँ । स्याङ्जाको क्षेत्र नम्बर–२ स्थित वालिङमा रहेको एउटा मतदानस्थलको मतदान रोकिएको छ । वालिङ नगरपालिका–१० मा बालज्योति आवासीय विद्यालय मदीखोलामा मतदान रोकिएको मतदान स्थलमा खटिएका एक जना सुरक्षा अधिकृतले रातोपाटीलाई बताए ।
मतदान अधिकृतले प्रत्यक्षतर्फको मत पत्रमा हस्ताक्षर नगरेको विषयमा विवाद भएको थियो । सर्वदलीय सहमति गरेर सो मतदान स्थलमा मतदान गराउने प्रयास जारी रहेको सरकारी अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण