सर्लाहीमा उत्साहजनक मतदान, बलराको तनावपछि अवस्था सामान्य
मलंगलवा । सर्लाही जिल्लाभरि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । दिउँसो बलरा–४ मा सामान्य तनावको अवस्था आए पनि अहिले समग्र जिल्लाको अवस्था सामान्य र सहज रहेको जिल्ला निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिएका छन् ।
जिल्ला निर्वाचन अधिकृत पौडेलका अनुसार सर्लाही ४ मा खासै केही अप्रिय घटना भएको छैन र मतदान शान्तिपूर्ण रूपमा जारी छ । जिल्लाको समग्र अवस्था ठीक रहेकाले मतदाताहरू उत्साहका साथ सहभागी भइरहेका छन् ।
यसअघि भने बलरा–४ स्थित श्री प्राथमिक विद्यालयमा मतदानका क्रममा दिउँसो केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्का आफैं घटनास्थलमा पुगेका थिए । उनीहरूले घटनाबारे जानकारी लिएर केहीबेरको छलफलपछि मतदान प्रक्रिया पुनः सुरु गराएका थिए ।
जिल्ला निर्वाचन अधिकृत पौडेलले अहिले भने कतै पनि विवाद नभएको र सहज रूपमा मतदान भइरहेको रातोपाटीसँग बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण