आमाको किरिया बसेका रानाले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, १६ : १४
सारांश
- बागलुङमा किरियापुत्रीले मतदान गरेका छन्।
- काठेखोला गाउँपालिका-३ का दीपेन्द्र रानाले आमाको किरियामा बसेर मतदान गरे।
- रानाकी आमाको फागुन १५ गते निधन भएको थियो, र उनले छैटौँ दिनमा मतदान गरे।
बागलुङ । बागलुङमा किरियायापुत्रीले मतदान गरेका छन् । क्षेत्र नम्बर १ अन्तरगत काठेखोला गाउँपालिका–३ का दीपेन्द्र रानाले आमाको किरिया बसेका बेलामा मतदान गरेका हुन् । रानाकी आमा शशिकला रानाको यही फागुन १५ गते ८८ वर्षको उमेरमा मृत्यु भएको थियो ।
रानाले आफ्नो आमा मृत्यु भएको छैटौँ दिनमा मतदान गरेका हुन् । मतदान गर्दै रानाले आमाको काजकिरियामा रहे सही नेतृत्व छान्नका लागि मतदान गरेको बताए ।
यस क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा छन् भने कुल ९८ हजार ४६ जना मतदाता छन् । जसमा महिला ५० हजार ३६९ र पुरुष ४७ हजार ६७६ महिला मतदाता रहेका छन् । अहिलेसम्म ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण