सिराहामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न, करिब ६५ प्रतिशत मत खस्यो
सिराहा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अनुसार जिल्लाको चार वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न निर्वाचनमा करिब ६५ मतदान भएको जनाएको हो।
निर्वाचन अधिकृतको कार्यालय सिराहाले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको र आजै रातिबाटै मतदान प्रक्रिया सुरु हुने बताए। जिल्ला निर्वाचन कार्यालय सिराहाका निर्वाचन अधिकारी राजन श्रीवास्तकका अनुसार अहिले विवरणहरू सङ्कलन भइरहेको छ ।
सिराहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता रहेका छन्। जसमध्ये २ लाख ४१ हजार ६१५ पुरुष, २ लाख १२ हजार २८ महिला र २ जना अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिराहाले जनाएको छ।
सिराहाको चार वटा निर्वाचन क्षेत्रबाट विभिन्न साना ठुला दलका ५३ र स्वतन्त्र ८५ गरी १३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचनमा विभिन्न दलबाट ३ र ५ स्वतन्त्र गरी आठ जना महिला उम्मेदवार छन्। निर्वाचनका लागि जिल्लामा २ अस्थायीसहित २२५ मतदान स्थल र ५३७ मतदान केन्द्र स्थापना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण