रामेछापमा ४८ प्रतिशत खस्यो मत
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौं । देशमै सबैभन्दा धेरै मतदाता रहेको रामेछाप जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार जिल्लाभर करिब ४८ प्रतिशत मत खसेको छ ।
१ लाख ८७ हजार ९ सय ५२ कुल मतदाता रहेको रामेछाप जिल्लामा ९० हजार ७ सय १० जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान गर्नेहरूमा पुरुषको संख्या बढी देखिएको छ । खसेको कुल मतमध्ये ५० हजार ६ सय २४ जना पुरुष र ४० हजार ८६ जना महिला मतदाता रहेका छन्।
बिहीबार बिहान ७ बजेदेखि सुरु भई साँझ ५ बजेसम्म चलेको मतदान प्रक्रिया जिल्लाका ९६ वटै मतदान केन्द्रमा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
देशकै सबैभन्दा बढी मतदाता रहेको जिल्ला भए तापनि आधाभन्दा कम (४८ प्रतिशत) मात्र मत खसेको छ । अहिले जिल्लाका विभिन्न स्थानबाट मतपेटीका जिल्लामा ल्याउने क्रम जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण