नेपाललाई बधाई दिँदै भारतले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक छौं
सारांश
- भारतले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको स्वागत गरेको छ।
- भारतीय विदेश मन्त्रालयले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ।
- भारतले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साँझ मिडियाको प्रश्नको जवाफ दिँदै नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा खुसी व्यक्त गरेका हुन्।
गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र निर्वाचनमा संलग्न सबै सरोकारवाला पक्षलाई बधाई दिएको छ।
प्रवक्ता जयसवालले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि भारत सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा यस निर्वाचनका लागि आवश्यक रणनीतिक तथा भौतिक सामग्रीहरू उपलब्ध गराएको समेत जानकारी दिएका छन्।
छिमेकी मुलुकको नाताले नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउन भारतले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो सहकार्य जारी रहने उनले स्पष्ट पारेका छन्।
निर्वाचनपश्चात् गठन हुने नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत इच्छुक देखिएको छ। दुई देश र जनताबीचको मजबुत एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन र पारस्परिक हितका लागि नयाँ नेतृत्वसँग सहकार्य गर्ने प्रतीक्षामा भारत रहेको जवाफमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण