सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुम्लाको भविष्य र सपनाहरू अब झन् बलियो भएर अगाडि बढ्छ : टासी लाजोम

बिहीबार, २१ फागुन २०८२, २२ : १३
बिहीबार, २१ फागुन २०८२

हुम्ला । हुम्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी टासी लाजोमले मतदान सम्पन्न भएलगत्तै हुम्ली मतदाताहरूप्रति गहिरो आभार व्यक्त गरेकी छिन्। नेपालको भविष्यलाई नयाँ दिशा दिने संकल्पका साथ निर्वाचनमा सहभागी भएका सम्पूर्ण नेपाली र विशेष गरी हुम्लीबासीलाई उनले धन्यवाद दिएकी हुन्। 

चुनावी परिणाम जस्तोसुकै आए पनि आफू सधैँ हुम्ली जनताको माया र स्नेहप्रति ऋणी रहने भन्दै उनले नागरिकहरूसँगको संवाद र भेटघाटले आफ्नो मन छोएको बताएकी छिन्। हुम्लाका डाँडाकाँडा र गाउँबस्तीमा पाएको भरोसाले आफूलाई देश र जनताप्रति अझ बढी जिम्मेवार महसुस गराएको उनको भनाइ छ।

चुनावी प्रचारप्रसारका क्रममा भोक र निद्राको प्रवाह नगरी गाउँ–गाउँ पुगेर साथ दिने सहयोगी र शुभेच्छुकहरूलाई लाजोमले विशेष सम्मान व्यक्त गरेकी छिन्। कतिपय दिन खाना र बस्ने ठाउँको टुङ्गो नहुँदा पनि बिहानैदेखि उत्साहका साथ खटिनेहरूको विश्वास नै आफ्नो शक्तिको स्रोत भएको उनले उल्लेख गरेकी छिन्। 

कठिन भौगोलिक बनावट र प्रतिकूल परिस्थितिका बावजुद हुम्ली जनताले देखाएको अटुट विश्वासले नै आफूलाई हरेक चुनौती पार गर्ने हिम्मत दिएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। हुम्लाको भविष्य र यहाँका सपनाहरू अब झन् बलियो भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले नयाँ बन्ने नेपालमा हुम्ला कहिल्यै पछाडि नछुट्ने दाबी गरेकी छिन्। 

हुम्लाका आवाजहरूलाई केन्द्रसम्म पुर्‍याउन र यहाँको सपना साकार पार्न आफू सदैव प्रतिबद्ध रहने प्रतिबद्धता समेत उनले दोहोर्‍याएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप