बाँके–१ मा रास्वपाले अग्रता लिँदा २ मा एमालेको अग्रता
सारांश
- बाँकेमा जारी मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ।
- क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरीले अग्रता लिएका छन् भने कांग्रेसका नारायण प्रसाद गौडेलले पछ्याइरहेका छन्।
- बाँके– २ मा एमालेका मोहम्मद इश्तियाक राईले अग्रता लिएका छन्, भने कांग्रेसका सुधान्सु कोइरालाले पछ्याइरहेका छन्।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँकेमा जारी मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । प्राप्त पछिल्लो मत परिणाम अनुसार बाँकेको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी र क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् ।
क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार चौधरीले ९७४ मतसहित अग्रता कायम गरेका छन् । उनलाई नेपाली कांग्रेसका नारायण प्रसाद गौडेलले ४६३ मतसहित पछ्याइरहेका छन् । एमालेका उम्मेदवार सूर्य प्रसाद ढकाल २३८ मतका साथ तेस्रो स्थानमा छन् ।
यसैगरी मतगणना जारी बाँके– २ मा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राईले ६८५ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ४०२ मतसहित पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेक कुमार श्रेष्ठले २८९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण