देशभर प्रारम्भिक मतपरिणाम आउने क्रम जारी, रास्वपाको उत्साहजनक लहर
सारांश
- प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ, तर धेरै स्थानमा मतपेटिका संकलन ढिलो हुँदा सुरु हुन सकेको छैन।
- हालसम्म १६ निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ, जसमा रास्वपाका उम्मेदवारहरूले १२ स्थानमा अग्रता लिएका छन्।
- काठमाडौँ र अन्य क्षेत्रमा रास्वपाका उम्मेदवारको अग्रता रहेको छ भने नेकपा एमालेका उम्मेदवारहरूले केही स्थानमा अग्रता लिएका छन्।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
देशका विभिन्न स्थानमा मतपेटिका संकलन ढिला भएका कारण अधिकांश क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । तर काठमाडौँ उपत्यकाका काठमाडौँ र भक्तपुर जिल्लाका केही निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेका छन् ।
निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान साढे ३ बजेसम्म हालसम्म देशका १६ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये १२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार कुलमान घिसिङ अग्रस्थानमा देखिएका छन् ।
त्यस्तै काठमाडौँका क्षेत्र नम्बर १, ४, ५, ७, ८ र १० मा रास्वपाका उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् । बाँके क्षेत्र नम्बर १ मा पनि रास्वपाले उल्लेख्य मतान्तरसहित अग्रता लिएको छ । यस्तै कञ्चनपुर क्षेत्र नम्बर २ र ३ मा पनि रास्वपाका उम्मेदवारहरू अग्रस्थानमा रहेको प्रारम्भिक परिणामले देखाएको छ । कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले नै प्रारम्भिक अग्रता बनाइरहेको देखिएको छ ।
नेकपा एमालेका उम्मेदवारहरूले बाँके–२ र भक्तपुर–२ मा अग्रता कायम गरेका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अहिलेसम्म एक ठाउँमा पनि अग्रता बनाउन सकेका छैनन् ।
अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् । मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण