प्रारम्भिक मतपरिणाम आउने क्रम जारी, रास्वपाको उत्साहजनक लहर
सारांश
- प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ, जसमा ३८ निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।
- ३३ स्थानमा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने नेपाली कांग्रेसले ३ र नेकपा एमालेले २ स्थानमा अग्रता बनाएका छन्।
- झापा ५ मा रास्वपाका बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्दै अग्रता लिएका छन्।
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ ।
निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान साढे ७ बजेसम्म हालसम्म देशका ३८ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये ३३ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता बनाएका छन् ।
नेपाली कांग्रेस ३ र नेकपा एमालेका उम्मेदवारले २ स्थानमा अग्रता लिएका छन् । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदवारले अग्रता लिएका छन् ।
झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपा वरिष्ठ नेता बालेन शाहले भारी मतले पछाडि पारेका छन् । शाहले १४७६ मत ल्याउँदा ओलीले ३८४ मत मात्र पाएका छन् ।
अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् । मतगणना जारी रहेकाले प्रारम्भिक परिणाममा थप परिवर्तन हुन सक्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण