जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीकाे अग्रता
सारांश
- जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन्, उनले ५४१ मत प्राप्त गरेका छन्।
- नेकपाका नरेश भण्डारी ४३५ मतसहित शाहीलाई पछ्याइरहेका छन्, भने कांग्रेसका दीपबहादुर शाहीले १५४ मत प्राप्त गरेका छन्।
- कनकासुन्दरी गाउँपालिकामा १,२४५ मत गणना भइसकेको छ, जसमा प्रत्यक्षतर्फ ५७ प्रतिशत र समानुपातिकतर्फ ५८.०३ प्रतिशत मत खसेको छ।
काली बहादुर परियार
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेकोे जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम गरेका छन् ।
राप्रपाका उम्मेदवार शाहीले ५४१ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले ४३५ मतले पछ्याइरहेका छन् ।
यसैगरी काङ्ग्रेसका दीपबहादुर शाहीले १५४ मत र नेकपा एमालेका शान्तिलाल महतले ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विनिता कठायतले ९ मत,नेमकिपाका उम्मेदवारले ३ मत र जम्मा खसेको मतमध्ये ३१ मत बदर भएको सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए ।
अहिले यहाँको कनकासुन्दरी गाउँपालिकाे- १ र २ मा जम्मा १ हजार २४५ मत गणना भएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
जिल्लामा कुल मतदाता संख्यामध्ये प्रत्येक्षतर्फ करिब ४० हजार ८९७ अर्थात ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कंडेलको भनाइ छ ।
समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुल मतदाता संख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । शुक्रबार बिहानैदेखि जिल्लामा मतगणना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण