सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रौतहट-१ मा माधव नेपाल पछि परे

शुक्रबार, २२ फागुन २०८२, १३ : १९
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • रौतहट निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरीले अग्रता लिएका छन्।
  • गरुडा १ जगनगरमा ३३६१ मतगणना हुँदा चौधरीले १४९९ मत प्राप्त गरे।
  • जसपाका योगेन्द्र यादव ६३१ मतसहित दोस्रो, कांग्रेसका अनिल कुमार झाले ३६६ मत पाए।

रौतहट  । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पहिलो परिमाणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले मतान्तर बढाउँदै लगेका छन ।

गरुडा १ जगनगरकाे कुल ३३ सय ६१  मतगणना हुँदा रास्वपाका राजेश चौधरीले १४९९ मत प्राप्त गरेर अग्रता लिएका हुन् । दोस्रो स्थानमा जसपाका योगेन्द्र यादवले  ६३१,नेपाली काङ्ग्रेस अनिल कुमार झाले ३६६, मत तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३२० मत प्राप्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप