ताप्लेजुङमा मतगणना सुरु
सारांश
- ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ।
- मतगणना स्थलमा मतपेटिकाहरू सुरक्षित राखिएको छ, जसमा हेलिकप्टरबाट ल्याइएका दुर्गम क्षेत्रका मतपेटिकाहरू पनि छन्।
- निर्वाचनलाई स्वच्छ बनाउन उम्मेदवारका प्रतिनिधि, पर्यवेक्षक र सुरक्षा निकायको उपस्थितिमा मतगणना भइरहेको छ।
ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत हिमाली जिल्ला ताप्लेजुङमा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठक सम्पन्न भएपछि शुक्रबारबाट औपचारिक रूपमा मतगणना सुरु गरिएको हो ।
मतगणनाका लागि जिल्ला अदालत परिसरभित्र तारजालीले घेराबार गरिएको दुई स्थानमा मतगणनास्थल तयार पारिएको छ। सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीको कडा सुरक्षा व्यवस्थाबिच मतगणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाभर रहेका ८१ मतदान स्थलका १ सय २७ मतदान केन्द्रबाट खसेका मतपेटिका क्रमशः मतगणना स्थलमा ल्याएर सुरक्षित राखिएको छ। हिमाली तथा दुर्गम क्षेत्रका ओलाङचुङगोला, याङ्मा, घुन्सा र ग्याब्ला मतदान केन्द्रका मतपेटिका भने हेलिकोप्टरमार्फत सदरमुकाम फुङ्लिङ ल्याइएको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा पुगेपछि सर्वदलीय सहमतिमा मतगणना सुरु गरिएको हो। मतगणना प्रतिनिधिसभा क्षेत्र अनुसार चरणबद्ध रूपमा अघि बढाइने र परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन उम्मेदवारका प्रतिनिधि, राजनीतिक दलका पर्यवेक्षक तथा सुरक्षा निकायको उपस्थितिमा मतगणना भइरहेको छ। मतगणना सकिन केही समय लाग्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण